अदालतमा सेवाग्राहीलाई टाइम कार्ड लागू गर्न कामु प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन – Nepal Press

अदालतमा सेवाग्राहीलाई टाइम कार्ड लागू गर्न कामु प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतमा हुने भीडभाडलाई नियन्त्रण गर्न सेवाग्राहीका लागि टाइम कार्ड लागू गर्न निर्देशन दिएका छन् ।

उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश तथा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला न्यायाधीशलाई बोलाएर उनले उक्त निर्देशन दिएका हुन् । अदालतमा हुने अनावश्यक प्रवेशलाई पनि कडाइ गर्न निर्देशन दिइएको छ ।

कामु प्रधानन्यायाधीश श्रेष्ठले २ वर्ष पुराना मुद्दालाई किनारा लगाउन अभियान नै सुरु गर्न पनि निर्देशन दिएको सर्वोच्चले जनाएको छ ।

श्रेष्ठले साउन २० गते कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका हुन् । उनी प्रधानन्यायाधीशको लागि सिफारिस भइसकेका छन् ।


प्रतिक्रिया

One thought on “अदालतमा सेवाग्राहीलाई टाइम कार्ड लागू गर्न कामु प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर