अर्जुननरसिंहको प्रश्न- अर्थ र गृहमन्त्रीको राजीनामा मागेकै बेला सुनिल शर्मालाई पक्राउ गर्नु संयोगमात्र हो ? – Nepal Press

अर्जुननरसिंहको प्रश्न- अर्थ र गृहमन्त्रीको राजीनामा मागेकै बेला सुनिल शर्मालाई पक्राउ गर्नु संयोगमात्र हो ?

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो सांसद सुनिल शर्मा पक्राउ गरेपछि गठबन्धनको प्रमुख घटक कांग्रेसकै नेताहरूले संशय व्यक्त गरिरहेका छन् ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने चर्को आवाज उठाइरहेका बेला शर्मालाई करिब ३० वर्षअघिको नक्कली सर्टिफिेकट प्रकरणमा हाल पक्राउ गरेपछि कांग्रेसीजनले टिप्पणी गरिरहेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले संसदमा सशक्त आवाज उठाउँदै गर्दा पक्राउ पर्नु संयोगमात्र हो ? भन्दै प्रश्न गरेका छन् ।

‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्रबारे को छानबिन ‘अपरेशन क्वाक’ ले ७ वर्षअघि नै अनुसन्धान सुरू गर्‍यो र छाड्यो । त्यही केस हाल आएर सीआईबी ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले लेखेका छन्, ‘संसदमा सुन तस्करी काण्डविरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ ।’

 


प्रतिक्रिया

One thought on “अर्जुननरसिंहको प्रश्न- अर्थ र गृहमन्त्रीको राजीनामा मागेकै बेला सुनिल शर्मालाई पक्राउ गर्नु संयोगमात्र हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर