खुकुरी हानेर घाइते बनाउने २० वर्षमुनिका ६ किशोरविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा – Nepal Press

खुकुरी हानेर घाइते बनाउने २० वर्षमुनिका ६ किशोरविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

रूपन्देही । दाङमा २० वर्षमुनिका ६ किशोर खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योगमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले बंगलाचुली गाउँपालिका वडा नं १ जुम्लेपानी घर भई हाल घोराही उपमहानगरपालिका- १८ का २० वर्षका देवेन्द्र मगर, घोराही-१९ सैघा घर भई घोराही-१८ निवासी १७ वर्षका युवक, घोराही- १८ मसिना निवासी १५ वर्षका एक युवक, घोराही- १४ गणेश मन्दिर टोल बस्ने निवासी १६ वर्षका एक युवक, घोराही-१८ का १७ वर्षका एक युवक र घोराही उपमहानगरपालिका-१८ भंगीटोल निवासी १७ वर्षका एक युवक गरी ६ जनालाई पक्राउ गरेको जनाएको छ । अपराधमा संलग्नहरू २० वर्षभन्दा कम उमेरका भएकाले नाम खुलाइएको छैन ।

घोराही उपमहानगरपालिका-१८ शङ्खे पिपल नजिक लाहुरेडाँडा बस्ने नरबहादुर पुनको छोरा १८ वर्षका तीर्थबहादुर पुनलाई सातजनाको समूहले साउन १० गते खुकरी प्रहार गरी घाइते बनाएको थियो । टाउको, अनुहार र बाँयाहातको कान्छी औँलाबाहेक सबै औँलाको हड्डी काटिएर गम्भीर घाइते अवस्थामा उनलाई वडा प्रहरी कार्यालय घोराही दाङको प्रहरी टोलीले फेला पारेको थियो । साउन ११ गते मेडिकल कलेज भैरहवामा रिफर गरिएका पुनको उपचार भइरहेको छ ।

घटनाको १४ दिनपछि उनीहरूलाई २४ गते पक्राउ गरिएको हो ।

अनुसन्धानको क्रममा खुल्न आएका सो घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

पीडितबाट ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *