सिटिजन्स बैंक र चौराह हस्पिटलबीच विशेष छुटको समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकानगर, बुटवलस्थित चौराह हस्पिटल प्रा.लि. बीच विशेष छुटका लागि समझदारी भएको छ ।
शुक्रबार बैंक र हस्पिटलबिच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । साझेदारी अनुसार बैंकका कार्डबाहक ग्राहकहरूले चौराह हस्पिटलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा रहेको छ । बैंकले देशैभरी १८८ शाखा, १४७ ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ शाखा रहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवा दिदै आइरहेको छ ।