मानव बेचबिखन न्यूनीकरण गर्न त्रिदेशीय सहकार्य ‘मुक्ति साउथ एसिया’ कार्यान्वयनबारे छलफल


काठमाडौं । सिमानामा हुने यौन शोषणविरुद्ध बालबालिकाको बेचबिखन र मानव बेचबिखनबाट प्रभावितहरुको पुनः बेचबखिन न्यूनीकरण गर्न मुक्ति साउथ एसिया परियोजना अघि बढाइएको छ ।
शक्ति समूहले जे टीआईपीको सहयोग र एक्टप्याक्ट लग्जम्बर्गसँगको साझेदारीमा सञ्चालन गर्न लागेको मुक्ति साउथ एसिया कार्यान्वयनका लागि शुक्रबार सरोकारवालाबीच छलफल गरिएको छ ।
जे टीआईपीले दक्षिण एसियाका बंगलादेश, भारत र नेपालमा सञ्चालन गर्न लागेको यो परियोजना नेपालमा एक्टप्याक्ट लग्जम्बर्गसँगको साझेदारीमा शक्ति समूहले सञ्चालन गर्न लागेको हो ।
मुक्ति साउथ एसिया परियोजनाअन्तर्गत तीनै देशका सरकारबीच सहकार्य बढाउँदै मानव बेचबिखन पीडित प्रभावितहरुको छिटो, सहज र सरल ढंगबाट उद्धार तथा स्वदेश फिर्तीलाई प्रभावकारी बनाउने उद्देश्य रहेको शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले बताइन् ।
शक्ति समूहकी कार्यकारी निर्देशक बालकुमारी दर्लामीले परियोजना सञ्चालन गर्ने क्रममा प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायको सहभागिता आवश्यक रहेको बताइन् ।
कार्यक्रममा परियोजनाको बारेमा परियोजना संयोजक उर्मिला श्रेष्ठले प्रस्तुतीकरण दिएकी दिइन् ।