न्युरोडस्थित गतिशील सहकारीले सामूहिक जमानी कर्जाको साटो धितो कर्जालाई प्राथमिकता दिने – Nepal Press

न्युरोडस्थित गतिशील सहकारीले सामूहिक जमानी कर्जाको साटो धितो कर्जालाई प्राथमिकता दिने

काठमाडौं । बलिया र ठूला भनिएका सहकारी संस्थाहरू समेत एकपछि अर्को धराशायी भइरहेका बेला काठमाडौंको न्युरोडस्थित गतिशील विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना बचतकर्ताहरूलाई बोनस वितरण गर्दै कडा आर्थिक नीति अवलम्बन गरेको छ ।

काठमाडौंमा आयोजित दोस्रो साधारण सभामा संस्थाका अध्यक्ष मिनेन्द्र दाहालले वार्षिक प्रतिवेदन पेश गर्दै आगामी वर्ष निक्षेप थप वृद्धि गर्ने र सामूहिक जमानी कर्जा प्राथमिकतामा ऋण प्रवाह गर्दै आएकोमा अब क्रमशः धितो कर्जालाई प्राथमिकता दिने बताए ।

उनले जगेडा कोषहरूलाई मजबुत बनाउँदै यसअघि रहेका शङ्कास्पद कर्जालाई चुक्ता गर्दै धितोमा ल्याउने बताए ।

बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईको प्रमुख आतिथ्यमा भएको साधारण सभाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम पारित गरेको छ ।

२०७८ देखि सञ्चालनमा आएको सो सहकारीमा ९० प्रतिशत बढी शेयर सदस्यहरू न्युरोड, महाबौद्ध र नयाँ बजारका व्यवसायीहरू छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *