मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ खुल्ला
काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले २२ लाख ७६ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) सर्वसाधाराणका लागि खुल्ला गरेको छ ।
आइतबार मनकामना हाइड्रोपावरले १०० रुपैयाँ प्रतिकित्ता अंकित दरमा २२ लाख ७६ हजार ६२० कित्ता प्राथमिक शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
साउन ३१ गतेसम्मका लागि खुल्ला गरिएको आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख कित्ता आईपीओ बाँडफाँट गरिएको छ भने ४० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १ लाख कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्ने छन् ।