माओवादी सांसद चौलागाई भन्छन्- सुनिल शर्मालाई राज्यद्रोहमा गिरफ्तार गरियोस्, कांग्रेसले कारबाही गरोस् – Nepal Press

माओवादी सांसद चौलागाई भन्छन्- सुनिल शर्मालाई राज्यद्रोहमा गिरफ्तार गरियोस्, कांग्रेसले कारबाही गरोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईले कांग्रेस सांसद सुनिल शर्मालाई राज्यद्रोहको अभियोगमा गिरफ्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

चौलागाईंले शर्मामाथि राजनीतिक कारबाही गर्न सत्ता सहयात्री नेपाली कांग्रेसको नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् । आइतबार उनले शर्माका पछिल्ला क्रियाकलापलाई माफिया बहुलाएको संज्ञा दिएका छन् ।

चौलागाईले आफ्नो वक्तव्यमा भनेका छन्– गरिमामय सासंदको लोगो भिरेर ठगी र कीर्ते काण्डमा जो अदालतको तारिख धाइरहेको छ, उसले आफैंले मत हालेको, आफ्नै दलको समर्थन रहेको बहालवाला प्रधानमन्त्री र गृहमन्त्रीलाई सार्वजनिक रुपमा आतंककारी भन्छ भने उसको हैसियत वैचारिक, राजनैतिक र सांस्कृतिक रुपमा हरितन्नम हो । प्रतिनिधी सभा सदस्य सुनिल शर्मालाई एकातिर नेपाली कांग्रेसले राजनैतिक कारबाही गर्नुपर्छ भने अर्कोतिर राज्यद्रोहको अभियोगमा गिरफ्तार गरेर कारबाही गर्नु पर्दछ ।

शर्माले आइतवार विहानमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कांग्रेस र एमालेको सरकार निर्माणको पहल थाल्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नहटाए देश तस्करहरुको अखडा बन्ने र उनीहरुको विरोध गर्नेलाई जेल हाल्ने दाबी समेत गरेका थिए ।

 


प्रतिक्रिया

One thought on “माओवादी सांसद चौलागाई भन्छन्- सुनिल शर्मालाई राज्यद्रोहमा गिरफ्तार गरियोस्, कांग्रेसले कारबाही गरोस्

  1. अब दिनप्रतिदिन माओवादीहरूकाे दिमागी हालत बिग्रदैजाने र बर्बराहट बढ्दै जाने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर