कांग्रेस बैठकमा प्रस्ताव- छानबिन समिति बनाउन तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिनुपर्छ – Nepal Press

कांग्रेस बैठकमा प्रस्ताव- छानबिन समिति बनाउन तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको बैठकमा सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने प्रस्ताव भएको छ । सरकारले सुन प्रकरणको छानिबनमा आलटाल गरेको भन्दै जारी संसदीय दलको बैठकमा सांसद प्रदीप पौडेलले पार्टीले उच्चस्तरीय छानबिन समितिको कुरा उठाउनुपर्ने बताए ।

छानबिन समितिको लागि तयार नभए प्रचण्डमाथिको समर्थन फिर्ता लिनुपर्ने उनको सुझाव थियो ।

पौडेलले भने, ‘प्रधानमन्त्री र गृहमन्त्री छानबिनका समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदी उहाँहरू तयार भएर प्रचण्ड नेतृत्वको सरकारमाथि दिएको समर्थन फिर्ता लिनुपर्छ ।

पछिल्लो समय प्रधानमन्त्री र गृहमन्त्रीको कदमप्रति कांग्रेस नेताहरू सन्तुष्ट हुन सकेको छैनन् । पौडेलले कांग्रेसका नेतालाई पक्राउ गरेर प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँधेको भन्दै आलोचना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर