सुन तस्करीमा संलग्नता पुष्टि गर्न संसदीय दलको बैठकमा अर्थमन्त्रीको चुनौती – Nepal Press

सुन तस्करीमा संलग्नता पुष्टि गर्न संसदीय दलको बैठकमा अर्थमन्त्रीको चुनौती

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एक क्विन्टल सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् । उनले आफ्नो संलग्नता पुष्टि भए पदमा नबस्ने प्रष्ट्याए ।

संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘ममाथि लाञ्छना लगाएर अनावश्यक शंका गर्ने काम भएको छ । मैले पदमा बसेर गलत गरे भनियो । प्रमाण देखाउनुस् म यो पद छाड्न तयार छु ।’

उनले आफूले अहिलेसम्म कुनै लोभलालच नराखेको र कुनै विषयमा स्वार्थ नसाँधेको दाबी गरे । सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री महतको पनि संलग्नता रहेको आरोप लागेको छ ।

कांग्रेसकै सांसदहरूले उच्चरीय छानबिन समिति गठनको कुरा उठाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर