धनुषाको शहीदनगरका इन्जिनियर चेक र नगद घुस रकमसहित रंगेहात पक्राउ
नेपाल प्रेस
२०८० साउन २८ गते १७:५८
काठमाडौं । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेश कुमार चौधरी एक लाख रुपैयाँ नगद र डेढ लाख रुपैयाँको चेक घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलीले रमेशसँगै उनका साथी गुरुदेव यादवलाई पनि पक्राउ गरेको छ । उनीहरुले सेवा ग्राहीसँग वाल निर्माण पश्चातको भुक्तानीका लागि घुस लिएको आरोप लागेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर