विनोद शाहीको हत्या आरोपीलाई धरौटीमा छाड्न आदेश, सेटिङमा फैसला भएको परिवारको आरोप – Nepal Press

विनोद शाहीको हत्या आरोपीलाई धरौटीमा छाड्न आदेश, सेटिङमा फैसला भएको परिवारको आरोप

काठमाडौं । अछामको पञ्चदेव विनायकका विनोद शाहीको हत्या आरोपी सर्जन बहादुर शाही धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालतले अछामलाई शाहीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘अभियोग पत्र माग दाबी अनुसारको कसुरमा उनी निर्दोष हुन भन्ने आधार नभए प्रमाण नभए पनि थुनामै राखेर मुद्दा चलाउन वृद्ध र बिरामी समेत भएका कारण मनासिब नदेखिएको भनिएको छ ।

पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने आदेशमा भनिएको छ ।

यता पीडित आफन्तले भने सेटिङमा फैसला भएको परिवारको आरोप लगाएका छन् ।

शाही काठमाडौंको धापासीबाट पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *