एयरपोर्ट बाहिरबाट बरामद सुन टक्सार महाशाखामा पगालिँदै (लाइभ)
काठमाडौं । राजस्वले बरामद गरेको सुन पगालेर जाेखिने भएको छ ।
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनको परिमाण यकिन गर्न पगाल्ने प्रक्रिया सुरू गरिएको छ ।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजबाट सुन पगालेर जोख्न सुरु हुने बताए ।
आचार्यले भने, ‘आजबाट सुन जोख्न सुरु हुन्छ । सुरुमा आज हामीले एउटा ब्रेक शु खोलेर हामीले डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम सुरु हुने छ । अब करिब १ घण्टापछि हामीले एउटा ब्रेक शुमा कति सुन छ भनेर डेमो देखाउने छौँ । त्यसपछि सुन जोख्ने काम हुने छ ।’
राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकको टक्सार महाशाखामा सिलबन्दी गरेर राखिएको छ ।
राजस्वले बरामद गरेकाे ब्रेकशु सहितको सुनको तौल १५५ रहेको छ ।