बागमती प्रदेशका १३ सरकारी अस्पतालमा ‘जनरल बेड’ भदौ १ बाट निः शुल्क – Nepal Press

बागमती प्रदेशका १३ सरकारी अस्पतालमा ‘जनरल बेड’ भदौ १ बाट निः शुल्क

हेटौँडा । बागमती प्रदेश सरकार अन्तरगतका १३ वटा सरकारी अस्पतालमा आगामी भदौ १ गतेबाट आईसीयु, एनआईसीयु र क्याबिन बाहेकका अन्य शय्याहरुमा बिरामीले निःशुल्क बस्न पाउने भएका छन् ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको गत श्रावण २२ को मन्त्री स्तरीय निर्णयलाई कार्यान्वयन गर्न सबै १३ अस्पताललाई पत्राचार गरिएको छ ।

सरकारी अस्पतालमा सेवा लिन आउने बिरामीलाई आर्थिक भारको अवस्था सृजना नहोस् भन्ने उद्देश्यले निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भदौ १ गतेबाट १३ जिल्लामा रहेको आयुर्वेदिक अस्पतालबाट निःशुल्क फिजियोथेरापी सेवा पनि सञ्चालन गर्ने निर्णय गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रविन भुसालले बताए ।

मन्त्रालयले श्रावण २२ गते नै अर्को पनि निर्णय गर्दै प्रदेशका सबै नीजि तथा सामुदायिक अस्पतालमा सामाजिक सेवा इकाई स्थापना गरी असहाय, अपाङ्ग वर्ग क र ख तथा विपन्न बेवारिसे बिरामीको उपचारको व्यवस्थापन गर्ने कामको पनि थालन गर्ने जनाएको छ ।

सरकारी अस्पतालमा आम नागरिकको पहुँच स्थापनाको लागि प्रदेश सरकारले कार्यक्रमको सुरुवात गरेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर