नेकपा एसनिकट अनेरास्ववियूको महाधिवेशन आयोजक समिति बन्दै, सुदेश पराजुली बिदा हुने
काठमाडौं । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूको २३ औँ महाधिवेशन आयोजक कमिटी गठन हुने भएको छ ।
आयोजक कमिटी गठनका लागि स्थायी कमिटी बैठकको मिति तय गर्न आज पदाधिकारी बैठक बसिरहेको छ ।
केन्द्रीय पदाधिकारीको बैठकले विभिन्न एजेन्डामा छलफल गरी स्थायी कमिटी बैठकको मिति तोक्ने र सोही बैठकले आयोजक कमिटी गठन गर्ने अध्यक्ष सुदेश पराजुलीले बताए ।
आयोजक कमिटी गठनसँगै अध्यक्ष पराजुलीले अनेरास्ववियूबाट बिदा लिने भएका छन् । एमाले विभाजनपछि पराजुलीको अध्यक्षतामा अनेरास्ववियू पुनर्गठन भएको थियो ।
एमाले अदालतबाट ब्युँतेपछि नै पराजुलीको अध्यक्षतामा अनेरास्ववियुको समानान्तर कमिटी बनेकोमा सोही कमिटी नेकपा एसको अनेरास्ववियूमा परिणत भएको थियो ।
आयोजक कमिटीको संयोजकमा आरती लामा वा माधव पन्तमध्ये एकजनाको नाममा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा संघीय शिक्षा ऐनको बारेमा समेत छलफल हुनेछ ।