सुनिल शर्माको शब्दमा माओवादीको आपत्ति, रेकर्डबाट हटाउन माग (भिडिओ)
नेपाल प्रेस
२०८० साउन २९ गते १५:१०
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारीको नेतृत्व गरेको आरोप लगाएपछि नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले देशको प्रधानमन्त्री र गृहमन्त्रीले आतंककारीहरूको नेतृत्व गरिराख्ननुभएको छ कि डेमोक्रेटिकको नेतृत्व गरिराख्नुभएको छ ? उनले प्रश्न गरेपछि माओवादीले आपत्ति जनाएको हो ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘एउटा माननीयले प्रधानमन्त्रीलाई आतंककारी कसरी भन्न मिल्छ ? कसरी सम्भव हुन्छ । यो रेकर्डबाट हटाएर कारबाही गर्नुपर्छ ।’
प्रतिक्रिया