एमालेका सबै कमिटीमा ४० वर्षमुनिका युवा अनिवार्य, यस्तो छ वडादेखि प्रदेशसम्मको कोटा – Nepal Press

एमालेका सबै कमिटीमा ४० वर्षमुनिका युवा अनिवार्य, यस्तो छ वडादेखि प्रदेशसम्मको कोटा

काठमाडौं । नेकपा एमालेले पार्टीका सबै कमिटीमा ४० वर्षमुनिका युवाहरूको सहभागिता बढाउन कोटा तोकेको छ । केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले पार्टीका प्रदेशदेखि टोल कमिटीसम्म युवाको न्यूनतम प्रतिशत तोकेर मातहत कमिटीमा पठाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश अधिवेशनहरूबाट ४० वर्षमुनिका कम्तीमा १० प्रतिशत युवाको अनिवार्य प्रतिनिधित्व हुने बताए ।

त्यस्तै जिल्ला कमिटीमा न्यूनतम १५ प्रतिशत,पालिका कमिटीमा न्यूनतम २० प्रतिशत र वडा तथा टोल कमिटीहरूमा कम्तीमा एक तिहाइ ४० वर्षमुनिका युवाको प्रतिनिधित्व हुने ज्ञवालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर