भ्रष्टाचारविरोधी अभियानले सरकार अप्ठ्यारोमा पर्दैन, प्रतिक्रियावादीहरुले आतंक सिर्जना गर्न खोजे : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरोधी अभियानले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सत्य नभएको दाबी गरेका छन् ।
बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गदै आफूहरुको कदमले प्रतिक्रियावादीमा एउटा आतंक सिर्जना भएको बताए ।
उनले भने, ‘उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भएपनि हामी आप्ठ्यारोमा छैनौं । हामीले शुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढंगले काम गर्नुछ । सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौं । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौं ।’
तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दाबी गरे ।
‘हामीले फेरि पार्टी बनाउन सक्यौं भने देशको आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौं । यो पटक जनतामा विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ’ उनले भने।
प्रचण्डलाई म चुनौती दिन्छु कि अहिले भैरहेको कथित छानबिनबाट एउटा दोषीलाइ कारवाही गर ।