भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट – Nepal Press

भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौं कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटलबीच विशेष छुटको समझदारी भएको छ ।

बैंक र हस्पिटलबीच सोमबार विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकका कार्डबाहक ग्राहकले हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकले आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । बैंकका देशैभर १८८ शाखा, १४७ एटीएम, ३ वटा विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईबाटआधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर