यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ । बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको कायम गरिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ९३ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसामा खरिदबिक्री हुनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १७ पैसा र बिक्री दर १६८ रुपैयाँ ९३ पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४४  रुपैयाँ तथा  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर  ९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ । बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८१ रुपैयाँमा कारोबार हुनेछ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३०.४८ पैसा  विक्रीदर ४३२.४४ पैसा कायम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर