सञ्चारकर्मी सरिता ज्ञवाली जनमत पार्टीमा प्रवेश, सीकेले दिए सदस्यता
नेपाल प्रेस
२०८० साउन ३० गते १२:५३
काठमाडौं । टेलिभिजन कार्यक्रममार्फत स्थापित भएकी सञ्चारकर्मी सरिता ज्ञवाली सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् ।
पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान साथसाथैको सम्पादकसमेत रहेकी ज्ञवालीलाई मंगलबार राउतले जनमत पार्टीमा स्वागत गरेका हुन् ।
६ सीटसहित राष्ट्रिय पार्टी बनेको जनमत मधेशकेन्द्रित भए पनि अन्य क्षेत्र र समुदायमा समेत पार्टी विस्तारको अभियान चलाइरहेको छ । सीकेले पार्टी प्रवेशकै अवसरमा ज्ञवालीलाई जनमत पार्टीको सदस्यता प्रदान गरेका छन् ।
प्रतिक्रिया