सांसद सुनिल शर्माको प्रमाण पत्र छानबिनको माग गर्दै क्रान्तिकारीको प्रदर्शन
२०८० साउन ३० गते १६:४५
काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको प्रमाण पत्र छानबिनको माग गर्दै प्रदर्शन गरेका छन् ।
उनीहरुले विभिन्न प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले शर्माको तस्बिरहरुमा क्रस चिन्ह प्रयोग भएका ब्यानर तथा विभिनन प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
सरकारले सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा पक्राउ गरेपनि अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भन्दै उनी थुनामुक्त भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर