आँखा पाकेका यात्रुलाई हवाई उडानमा कडाइ, विमानस्थलबाट फर्काइँदै – Nepal Press

आँखा पाकेका यात्रुलाई हवाई उडानमा कडाइ, विमानस्थलबाट फर्काइँदै

काठमाडौं । केही हप्ता यता फैलिएको आँखा पाक्ने रोगका कारण त्रिभुवन विमानस्थलमा हवाई उडानमा कडाइ गरेको छ । आँखा पाकेका बिरामी यात्रुहरुलाई हवाई उडानमा रोक लगाएको छ ।

त्रिभुवन विमानस्थलबाट विमान कम्पनीहरुले आँखा पाकेका यात्रुहरुलाई फर्काउन थालेको छ । तीव्र गतिमा फैलिने यो रोग देशैभर फैलन सक्ने भन्दै बिरामीहरुलाई हवाई यात्रामा प्रतिवन्ध लगाएको विमानस्थलका कर्मचारीले बताएका छन् ।  विमानस्थलका कर्मचारीका अनुसार  काउन्टरबाटै त्यस्ता विरामी यात्रुलाई फर्काइरहेकाे छ ।

नेपाल एयरलाइन्सले यात्रुले उडान गर्नु अघि आँखा रातो भएमा आधिकारिक चिकित्सकहरुबाट फिट टु फ्लाइ प्रमाणपत्र लिएर मात्र उडान गर्न भनेको छ । यात्रुले फिट टु फ्लाइ प्रमाणपत्रमा कुनै पनि जोखिम नभएको पुष्टि गर्नुपर्ने नेपाल एयरलाइन्सले एक सूचना जारी गरेर भनेको छ ।

नेपाल एयरलाइन्सले आफना यात्रुहरुको स्वास्थ्यप्रति चासो राखेको र सावधानी अपनाउन आग्रह गरेको छ । एयरलाइन्सहरुले आँखा रातो भएको तर फिट टु फ्लाइको सर्टिफिकेट नभएका यात्रुहरुलाई विमानस्थलबाट फर्काएको छ ।

आँखा पाक्ने रोगका कारण मात्र आँखा रातो नहुने हुनाले आँखा चेकजाँच गरेर आफनो आँखा रातो हुनुको कारण आँखा पाक्ने रोग अर्थाात कन्जन्टिभाइटिस भाइरस नभएको पुष्टि गर्ने गरी सर्टिफिकेट ल्याए उडान भर्न पाउनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर