दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारका पाँचवटा कसूरमा दोषी ठहर – Nepal Press

दोलखाका तत्कालीन सीडीओ रिजाल भ्रष्टाचारका पाँचवटा कसूरमा दोषी ठहर

काठमाडौं । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भ्रष्टाचार आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले मंगलबार घुस र रकम हिनामिनाजस्ता ५ वटा कसूरमा दोषी ठहर गरेको हो ।

यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले रिजालविरुद्ध लगाइएको आरोप ठहर गरेको हो । रिजालविरुद्ध चारवटा घुस र एउटा रकम हिनामिना सम्बन्धी कसुर गरेको आरोप लागेको थियो। २०७६ माघ २० गते रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा मुद्धा दायर गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *