जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने सरकारको निर्णय, स्वीकृत भयो नियमावली
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्णरुपमा खुलाउने निर्णय गरेकाे छ । सरकारले भू-उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलेको हो ।
गत वैशाखमा मन्त्रिपरिषद बैठकले भू-उपयोग नियमावली संशोधनको निर्णय गरेको भएपनि कार्यान्वयन भएको थिएन । केही व्यवस्थाले समस्या भएको भन्दै भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरेर नियमावली संशोधनका लागि मन्त्रिपरिषद लगेको पठाएको थियो ।
मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको नियमावली संशोधन गरेर आज पास भएको हो ।
वर्गीकरण नभएको जग्गाको पनि कित्ताकाट हुने भएको हो । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा जग्गाको कित्ताकाटमा समस्या आएको थियो ।
सरकाले जग्गाको कित्ताकाट नहुँदा राजश्वमा नै असर भरेको भन्दै गत वैशाखमा कित्ताकाट खुलाउने निर्णय भएको थियो ।
कित्तकाट खोल्नु भनेको दलाली पेशालाई बढावा दिनु हो
। अनुत्पादक क्षेत्रमा लगानी गर भनेको हो । मिहेनत नगरी खाओ भनेको हो । बैंक वित्तीय संस्था र देशको अर्थतन्त्र ध्वस्त बनाउने प्रपन्च हो । कृषियोग्य जमिन नाश गर भनेको हो । जनयुत्द्व यसैको लागि लडेको ? १७००० यसैको लागि मारेको ? अझ समाजवादी मोर्चा बनाउने रे । लाज छैन दलालहरूलाई । विदेशीका एजेण्टहरूलाई ।