नेयमार पनि साउदी अरब पुगे
नेपाल प्रेस
२०८० साउन ३१ गते ७:२७
काठमाडौं । स्टार खेलाडी नेयमार पनि साउदी अरब पुगेका छन् ।
क्लब फुटबलका लागि उनी पेरिस सेन्ट जर्मनबाट साउदी पुगेका हुन् । यसअघि क्रिष्टियानो रोनाल्डो लगायतका अरू स्टार पनि त्यहाँ आइसकेका छन् ।
नेयमारले साउदीको क्लब अल हिलालसँग २ वर्षको सम्झौता गरेका छन् ।
सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र कमर्सियल डिलमार्फत ४०० मिलियन पुग्ने घोषणा गरिएको छ ।
पीएसजीमा आउँदा सन् २०१७ मा नेयमारले २०० मिलियन पाउन्डमा सम्झौता गरेका थिए ।
त्यतिबेलाको त्यो सर्वाधिक महँगो सम्झौता रहेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर