विनोद चौधरीलाई एशियन अवार्ड, ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने – Nepal Press

विनोद चौधरीलाई एशियन अवार्ड, ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गरिने

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ अवार्ड पाएका छन् ।

दुबईस्थित म्यूजियम अफदि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथिहरूका बीच हुने एक भव्य समारोहमा यस अवार्डबाट चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ ।

एशियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाज सेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ । यस अवार्डबाट यस अघि आर्ट अफलिभिङका सस्थापक रवि शंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत पाएका थिए ।

नेपालका एक मात्र फोब्र्समा सुचिकृत अर्वपति उद्योगी चौधरीले फाउन्डेसन मार्फत नेपालमा प्रभावकारी रुपमा सामाजिक कार्यहरु गर्दै आएका छन् ।

नेपालमा सन् २०१५ मागएको महाभुकम्पको समयमा भूकम्प पीडितका लागि करिव तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरुलाई हस्तान्तरण गरेका थिए । त्यस्तै, चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ वटा पक्की घर निर्माण गरेको थियो । भुकम्पका बेलामा गरेको योगदान माथि फोब्र्स एसियाले विनोद चौधरीको कभर स्टोरी छापेको थियो ।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारीपछि कोभिड प्रभावित सर्वसाधारणको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आईसीयू निर्माण गरि सञ्चालनमा ल्याएको थियो । फाउण्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) निर्माण गरि हस्तान्तरण गरेको थियो ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, उद्यमशिलता विकास, सीप र जीविको पार्जन, महिला सशक्तिकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ ।

चौधरी एक सफल नेपाली उद्योगी हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर