तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक – Nepal Press

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

काठमाडौं । नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेटले साझेदारकारुपमा सहकार्य गर्ने भएको छ ।

बुधवार सम्मेलन आयोजक कमिटिका संयोजक बिशाल गैरे र वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्तरुपमा आयोजना हुने सम्मेलनमा वल्र्डलिंकले साझेदारका रुपमा सहकार्य गर्ने भएको हो ।

वर्ल्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको सञ्चालक मनोज अग्रवालले बताए । उनका अनुसार वल्र्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ ।

त्यस्तै, सम्मेलनका संयोजक बिशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० को निमार्ण एवं कार्यान्वयनका लागि सम्मेलन उपलब्धीमुलक हुने बताए । उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमी सिखर सम्मेलनमा सहभागी हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर