ओलीको आरोप- उच्चस्तरीय छानबिन समिति नबनाएर सरकारले क्विन्टल सुन ६१ केजीमा झार्यो (भिडिओ)
नेपाल प्रेस
२०८० साउन ३१ गते १८:४१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेर क्विन्टललाई ६१ केजीमा झारेको बताएका छन् ।
बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै सय केजीलाई ६१ केजीमा झारेको आरोप लगाए ।
उनले भने, ‘सरकारले राम्रो काम केही गरेको छैन । ३३ पटक ब्रेक सुको नाममा सुन आएको रहेछ । एकदिन कतैबाट बाध्यता परेपछि समातियो ।’
उनले पहिले खोलामा सुन बग्छ भनिन्थ्यो अहिले एअरपोर्ट बाटै सुन बगिरहेको टिप्पणी गरेका छन् । ‘एअरपोर्टमा त यस्तो छ झन खुल्ला सिमानामा के होला ?’, उनले प्रश्न गरे।
प्रतिक्रिया
हाे, हाे, ४० किलाे सुन गिराेह समात्ने मानिसहरू, अधिकारीहरु काे गाेजी र झाेला मा खाेज्ने पर्छ। चाेर माथि चकार भयो याे ।
काेहि छैन ईमान्दार