धीरेन्द्र शास्त्री नेपाल नआउँदै किन भयाे विरोध ?
बागेश्वर धामका स्थापनाकार धीरेन्द्रकृष्ण शास्त्री नेपालमा आउने भएका छन् । पशुपतिनाथको दर्शनसँगै उनले नवलपरासीस्थित शाश्वतधाममा भदौ २ देखि ४ सम्म हनुमन्त कथा वाचन गर्नेछन् । शास्त्री चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका म्यानेजिङ डाइरेक्टर वरुण चौधरीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । यो खबर प्रवाह हुनासाथ शास्त्रीलाई स्वागत गर्न नेपालमा सनातन सत्यलाई मान्नेहरु उत्साहित देखिन्छन् । शास्त्रीलाई सुन्न नवलपरासी जानुपर्छ भनी योजना बनाउनेहरु महोत्तरीमा समेत भेटिन्छन् ।
तर, शास्त्रीको नेपाल आगमनलाई एउटा अमूक छापाले अतिवादी संज्ञा दिँदै उनले प्रवचनमा प्रयोग गरेका केही शब्दलाई आधार बनाएका छन् । यस्ता विरोध शास्त्रीले भारतमा पनि खेप्नुपरेको थियो । शास्त्रीले भारत हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्दै आएका छन् । उनले नेपाल पनि हिन्दू राष्ट्र घोषणा हुनुपर्नेबारे बोल्ने गरेका छन् । यी विषयलाई आधार बनाएर केहीले ‘हिन्दू राष्ट्र भर्सेज सेकुलारिज्म’ को न्यारेटिभले सञ्जाल पोत्न सुरु गरेका छन् ।
यस सन्दर्भमा सबैभन्दा पहिला अतिवाद के हो भनी बुझ्न आवश्यक छ । अतिवादको शाब्दिक अर्थ हो अतिसम्म लैजानु । राजनीतिक र धार्मिक सन्दर्भमा त्यस्तो विचारधारा अतिवाद हुन जान्छ, जो मुख्यधार समाजको नजरबाट हेर्दा स्वीकार्य हुँदैन । समग्रमा समाजको स्वीकार्य मुख्यधारका अभिवृत्तिबाट एकदमै टाढा हुन्छ अतिवादी विचार र सोच ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायती विश्वविद्यालयमा आफ्नो सम्बोधन ‘जय सिया राम’ बाट सुरु गरे । उनले प्रख्यात रामायण कथाकार मोरारी बापुलाई भेट्न जाँदा ‘प्राउड हिन्दू’को रुपमा आफ्ना भावनाहरु पोखे । क्रिश्चिन देशमा हिन्दू प्रधानमन्त्री अतिवाद नै त होला ! उही मोरारी बापु केही महिना पहिला नेपालको लुम्बिनीमा रामकथा वाचन गर्न आउँदा केही अमूक समूहले विरोध र विवादमात्र निम्त्याएको थियो । त्यही पाँच वर्ष पहिला एसिया प्यासिफिक सम्मेलनका नाममा आयोजना गरिएको विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनेर चिनिने कोरियाकी धर्मगुरुले दर्जनौं जोडीलाई रक्तशुद्धीको नाममा ‘होली वाइन’ पिलाएकी थिइन् । पाँच तारे होटेलमा भव्यताका साथ गरिएको उक्त नौटंकीलाई अतिवाद भन्ने कि ?
शास्त्रीले भारत हिन्दू राष्ट्र कायम हुनुपर्छ भन्दै आएका छन् । उनले नेपाल पनि हिन्दू राष्ट्र घोषणा हुनुपर्नेबारे बोल्ने गरेका छन् । यी विषयलाई आधार बनाएर केहीले ‘हिन्दू राष्ट्र भर्सेज सेकुलारिज्म’ को न्यारेटिभले सञ्जाल पोत्न सुरु गरेका छन् ।
नेपालमा सन् १९५१ मा कुनै क्रिश्चिन थिएनन् । सन् १९६१ मा ४५८ जना क्रिश्चियन भए । सन् २००१ मा उक्त संख्या बढेर एक लाख दुई हजार पुग्यो । एक दशकपछि यो संख्या तीन गुणाले बढ्यो । राष्ट्रिय क्रिश्चियन कम्युनिटी सर्भेले सन् २०२२ मा एक सर्वेक्षण प्रतिवेदन प्रकाशित ग¥यो । जसमा नेपालमा ६ लाख ८३ हजार २६१ क्रिश्चियन र ७ हजार ७५८ वटा चर्च रहेको आँकडा प्रस्तुत गरिएको छ । तर, नेपालमा धर्मान्तरको यो रफ्तार कसैलाई अतिवादी लाग्दैन ।
धीरेन्द्र शास्त्रीले धर्मको नाममा कुनै अतिवाद गर्छ भने भारतले त्यसको समाधान निकाल्ने नै छ । आशाराम बापु, राम रहिम, सन्तपाल जस्ता कैयौं बाबाहरु अहिले जेलमा छन् । यसमा नेपालको खास टाउको दुःखाइ किन ? उनले हनुमन्त कथा सुरुसमेत गरेको छैन । तर, हामी लिबरल देखिन कुद्न थालेका छौं । अरु केही नभए पनि शास्त्रीको आगमनले क्रिश्चियनको बढावा हुँदैन भन्ने पक्का छ । नेपाललाई हिन्दू राष्ट्र भन्दै गर्दा यो नेपालको आन्तरिक मामिला हो भन्नुसम्म ठीकै लाग्छ । तर, पूर्वराजा ज्ञानेन्द्र उत्तर प्रदेश पुगेर हारगुहार गर्दा त्यसको न विरोध हुन्छ न त ज्ञानेन्द्रलाई प्रश्न गरिन्छ ।
अहिले संसदमा यस्ता अतिवादीहरु छन्, जसले संविधानको बर्खिलाप बोल्दा त्यसको विरोध हुँदैन । हिन्दू भर्सेज गैरहिन्दूको भाष्य निर्माणकर्ताहरु यो देशलाई अतिवादको सुरुङमा धकेल्नु हुँदैन भन्छन् । अमेरिकी राजनीतिक वैज्ञानिक स्यामुएल फिलिप्स हन्टिङटनले आफ्नो पुस्तक ‘दि क्लाश अफ सिभिलाइजेशन’ मा भनेका छन्- ‘अधिकांश धार्मिक पहिचानमा आधारित सभ्यताहरु भविष्यमा द्वन्द्वको बढ्दो महत्वपूर्ण स्रोत बन्नेछन् । सभ्यताको पहिचान धेरै बलियो भएकोले ‘वर्ल्ड कल्चर’को कुनै सम्भावना हुनेछैन ।’ जुन पुस्तकलाई शीत युद्धपछिका नयाँ विश्व व्यवस्थाको सन्दर्भमा सबैभन्दा बढी परिचित मानिन्छ ।
हरेक देशको आफ्नो आधार सभ्यता हुन्छ । सभ्यता धर्म वा मजहबभन्दा माथिको विषय हो । भारत र नेपालको आधारभूत सभ्यता समान छ । पूर्वीय दर्शमा आधारित हाम्रो सभ्यताले हाम्रो चेतना र दृष्टिकोणलाई निर्धारण गर्छ । नेपालको सन्दर्भमा निष्पक्ष भावले केलाउने हो भने यसको आधारभूत संरचना सनातनी संस्कारमा आधारित थियो । यो संरचना भत्काउन वैश्विकस्तरबाट लगानी हुँदै आएको छ । यसको अन्तर्यमा भूराजनीतिले असर पारिरहेको हुन्छ ।
अरु केही नभए पनि शास्त्रीको आगमनले क्रिश्चियनको बढावा हुँदैन भन्ने पक्का छ । नेपाललाई हिन्दू राष्ट्र भन्दै गर्दा यो नेपालको आन्तरिक मामिला हो भन्नुसम्म ठीकै लाग्छ । तर, पूर्वराजा ज्ञानेन्द्र उत्तर प्रदेश पुगेर हारगुहार गर्दा त्यसको न विरोध हुन्छ न त ज्ञानेन्द्रलाई प्रश्न गरिन्छ ।
व्यापकतामा नियाल्दा एउटा धर्मतन्त्र (थियोक्रेसी) भएको राज्य हुन्छ, जसको प्रमुख विशेषता पूरै धर्मको नियन्त्रणमा हुन्छ । अर्थात धर्मग्रन्थलाई संविधानको मान्यता दिन्छ । धर्म प्रमुख कुनै राज्यको प्रमुख छ भने त्यो धर्म प्रमुखमै पर्छ । त्यहाँ धार्मिक विशेषाधिकार हुन्छ । जस्तै भेटिकन सिटी, जो इटलीको राजधानी रोमसँग जोडिएको छ र त्यहाँ क्याथोलिक क्रिश्चियनको पोप राष्ट्राध्यक्ष हुन्छ । यो धर्मतन्त्रको उच्चतम नमुना हो ।
तिब्बत पनि थियोक्रेसीअन्तर्गत पर्छ । दलाई लामा एउटा पदवी हो, जसले बुद्ध धर्मको मानकका आधारमा राज्य सञ्चालन गर्छ । ग्रिसको युनानमा माउण्ट एथोस, परम्परागत ईसाईहरुले देश हाँक्दै आएका रहेछन् । त्यसैगरी सन् १०७९ मा इस्लामिक क्रान्ति हुनुभन्दा पहिला इरान एउटा सेकुलर राज्य थियो । आयातुल्ला खुलानीको नेतृत्वमा इस्लामिक क्रान्तिपश्चात यो धार्मिक राज्य हुन गयो । कुरान र सैरियतलाई संविधानको दर्जा छ । त्यहाँ संविधानतः संसदले कुनै बिल पास गर्दा धर्मले प्रमाणीकरण गर्छ । आयातुल्लापश्चात पनि त्यहाँ अली खमेनी नामक धार्मिक व्यक्ति प्रमुख पदमा छन् ।
नेपालमा हिन्दू धर्मको कथित राज्यकरण गर्ने पृथ्वीनारायण र संवैधानिकीकरण गर्ने राजा महेन्द्र र उनका सन्तानहरुले पनि अन्य धर्ममाथि कुनै कठोरता राखेको देखिँदैन । नारायणहिटी दरवार नजिकै जामा मस्जिद बनाउन दिनु त्यसको संकेत हो । ईसाई बाहुल्य भएका धेरै देशहरु धर्म प्रभावित रहेको छ । स्केन्डेभियन देशहरु धेरै विकसित र उन्नत छन् र त्यहाँ पनि राजकीय धर्म छ । नर्वे, स्वीडेन, फिनल्याण्डहरुले आफ्नो देशको चर्चलाई खुलेर मान्यता दिन्छ । कानूनी मान्यतासमेत दिने गर्छ र यो एउटा खुला सत्य हो ।
बेलायतको राजा वा रानी चर्च अफ इंगल्याण्डको अभिभावक हुन्छन् । इस्लामिक ५० भन्दा अधिक देशहरुमध्ये अधिकतम १० देश धर्मनिरपेक्ष होला । बाँकी सबै धार्मिक स्टेट हुन् । पाकिस्तान, बंगलादेशले संविधानमै इस्लामिक स्टेट उल्लेख गरेका छन् । ब्रुनाई, साउदी अरब, इराकलगायत मिडिल इस्टका देशहरु धर्मबाट अधिकतम प्रभावित रहँदै आएका छन् । त्यसैगरी बौद्ध धर्मबाट प्रभावित देशहरु धेरै छन् । भुटान, कम्बोडिया, श्रीलंकामा बौद्ध धर्मको व्यापक प्रभाव छ । लाओसमा पनि बौद्धको प्रभाव छ । त्यसैगरी इजरायललाई यहुदी देशको रुपमा चिनिन्छ । संविधानमा नलेखिएको भए पनि यहुदीहरुलाई विशेषाधिकार दिइएको भान हुन्छ ।
नेपाल अहिले न हिन्दू राष्ट्र न त धर्मनिरपेक्ष छ । संविधानमा धर्मनिरपेक्ष लेखेर त्यसलाई ‘सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण’ भनी व्याख्या गरिएको छ । धर्मनिरपेक्ष कसको दबाबमा लेखियो र त्यसलाई हिन्दू धर्मको रक्षा गर्ने ध्येय लिखित रुपमा कसले छिरायो ? नेपालले पुनर्विचार गर्ने समय आइसकेको छ । हिन्दूविरोधी मिसेनरी र तिनका मतियारहरुले देशको मौलिकता मास्न चालेका अतिवादी क्रियाकलापहरुमा निगरानीमात्र होइन, त्यसको कानूनी प्रतिकार गर्न ढिलाइ गर्नुहुँदैन । मनमा हिन्दूत्व र गोजीमा बाइबल राख्नेहरुको पहिचान हुन आवश्यक छ ।
नेपाली हरु को आँखा खोलि दिने लेख लेख्नु भयो। अत्यधिक राम्रो छ।
धर्म आश्था ब्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हुनु पर्दछ ब्यक्तिलाई।