पूँजी बजारमा देखिएको संकट समाधान गर्न माग गर्दै सेयर लगानीकर्ताकाे प्रदर्शन (भिडिओ) – Nepal Press

पूँजी बजारमा देखिएको संकट समाधान गर्न माग गर्दै सेयर लगानीकर्ताकाे प्रदर्शन (भिडिओ)

काठमाडौं । पूँजी बजारमा अहिले देखिएको संकट समाधान गर्नुपर्ने भन्दै सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा सेबोन पुगेको टोलीले सेयरबजारमा गम्भीर प्रकारका संकट आउँदा पनि सेवोन, नेप्से र अर्थमन्त्रालयले गर्नुपर्ने कुनै काम नगरेको भन्दै बोर्डको ध्यानाकर्षण गराएका हुन् ।

सेयर बजारमा आपूर्तिको मात्र ओइरो लागेर माग पक्ष अति कमजोर हुँदै गएकाले ५६ लाख लगानीकर्ताहरुको लगानी अति जोखिममा परेकाले ध्यानाकर्षण गराइएको कोइरालाले बताए ।

राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमा तत्काल हटाउन, बैंक तथा बित्तीय संस्थाहरुलाई अल्पकालीन लगानीमा लगाएको बन्देज खारेज गरी संस्थागत लगानीकर्ताहरुको हस्तक्षेप गराउन पनि ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

अंकित मूल्यमा आउने आईपीओमा ५० प्रतिशत आम सर्वसाधारणलाई, १० प्रतिशत विदेशमा बस्ने नेपालीलाई र ४० प्रतिशत कानूनी ब्यक्ति अर्थात कम्पनीको रुपमा दर्ता भएका लगानीकर्तालाई वितरण हुने गरी संस्थागत लगानीकर्ताको सहभागिता अनिवार्य गर्न गराउन पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर