सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट
नेपाल प्रेस
२०८० साउन ३२ गते १७:४९
काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १५ प्रतिशतसम्म छुट पाइने भएको छ ।
बिहिबार सिटिजन्स बैंक र दरबारमार्ग, शेर्पा मल स्थित हार्ड रक क्याफेबीच छुट दिने समझदारी भएको हो ।
साझेदारी अनुसार बैंकका कार्डबाहक ग्राहकले हार्ड रक क्याफेमा १५ प्रतिशत सम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
बैंकले देशैभरी १८८ शाखा, १४७ एटिएम ३ विस्तार काउन्टर र ९७ शाखा रहित बैंकिङ्ग ईकाईबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर