महिला आयोग सदस्य र कर्मचारीबीच फेसबुकमै जुहारी, पदीय हैसियतविपरीत कृष्णकुमारीका हर्कत छरपस्ट
काठमाडौं । राष्ट्रिय महिला आयोगका पदाधिकारी र कर्मचारीबीच फेसबुक पेजमा नै जुहारी चलेको छ । आयोगको आधिकारिक फेसबुक पेजमा आयोगका सदस्य कृष्णाकुमारी खतिवडा र आयोगका उपसचिव एव प्रवक्ता चमिला भट्टराईबीच जुहारी चलेको हो ।
आयोगले साउन १७ गते जिल्ला प्रहरी परिसर टेकुमा शान्तिपूर्ण धर्नामा सहभागी महिलालाई हिरासतमा लिएर लछारपछार, कुटपिट र चरम यातना दिएको विषयमा साउन २६ गते जारी गरेको प्रेस विज्ञप्तिलाई लिएर आयोगका सदस्य खतिवडा र प्रवक्ता भट्टराईबीच जुहारी चलेको छ ।
आयोगका प्रवक्ता एवं उपसचिव चमिला भट्टराईले हस्ताक्षर गरेर जारी भएको विज्ञप्ति आयोगकै फेसबुक पेजमा राखेपछि आयोगकी सदस्य कृष्णाकुमारी खतिवडाले प्रवक्ता नतोकिएकाले उपसचिवमात्रै लेख्न कमेन्ट गरेकी छन् ।
आयोगकी सदस्य खतिवडाले लेखेकी छन्, ‘राष्ट्रिय महिला आयोगमा आजका मितिसम्म प्रवक्ताको जिम्मेवारी नतोकिएको अवस्था हो । आयोगका उपसचिवमात्रै लेख्न सकिन्छ ।’
लगत्तै आयोगकी उपसचिव भट्टराईले कमेन्टमा केही नलेखेर सदस्य खतिवडालाई नै मेन्सन गर्दै आफूलाई प्रवक्ताको जिम्मेवारी दिइएको पत्र अपलोड गरेकी छन् । अपलोड पत्रअनुसार डेढ वर्षअघि २०७८ पुस १३ गते नेपाल सरकारका सहसचिव एवं आयोगका तत्कालीन सचिव शैलजा रेग्मीले उपसचिव भट्टराईलाई २०७८ पुस १२ गतेको अधिकार प्रत्यायोजन अतिरिक्त आयोगको प्रवक्ता तोकिएको जानकारी गराइएको छ ।
त्यसको अवगत आयोगका अध्यक्ष कमला पराजुलीसँगै सदस्य कृष्णाकुमारी खतिवडासहित सबै पदाधिकारीलाई समेत गराइएको छ ।
लगत्तै आयोगमै कार्यरत उपसचिव गिरीराज ज्ञवालीले प्रवक्ता चमिला भट्टराईलाई नै मेन्सन गर्दै ‘प्रमाण नै पो पेस गर्नुभएछ’ भन्दै कमेन्ट गरेका छन् ।
लगत्तै प्रवक्ता भट्टराईले पनि उपसचिव गिरीराज ज्ञवालीलाई मेन्सन गर्दै आफूभन्दा पहिले नै आयोगमा नियुक्त भएको पदाधिकारीलाई प्रवक्ता को छ भन्ने जानकारी नभएको बताएकी छन् । उनले कमेन्ट गर्दै लेखेकी छन्, ‘गिरीराज ज्ञवाली, नगरी गर्नु हजुर मभन्दा पहिला आउनुभएको माननीयज्यूलाई अझसम्म को प्रवक्ता भन्ने थाहा रहेनछ ।’
त्यसपछि आयोगकी सदस्य खतिवडाले कमेन्टमा नै आयोगको सचिवले प्रवक्ता तोकेर हुन्छ भन्दै प्रश्न गरेकी छन् । उनले लेखेकी छन्, ‘राष्ट्रिय महिला आयोगको बैठकले पदाधिकारीले सही गरेर तोकेको राख्नु, महिला आयोगका बैठकमा जो नबोलाई अधिकार छैन सचिवले प्रवक्ता तोकेर हुन्छ ?
लगत्तै आयोगकी प्रवक्ता भट्टराईले आयोगकी सदस्य खतिवडालाई पेन्सन गर्दै लेखेकी छन्, ‘कृष्णाकुमारी खतिवडा प्रवक्ताले बैठकमा जाने होइन, भएका निर्णयलाई निर्देशनअनुसार सार्वजनिक गर्ने हो ।’
यतिमात्र नभएर प्रवक्ता भट्टराईले अर्को कमेन्ट गर्दै कर्मचारीलाई जिम्मेवारी आयोगले नभएर कार्यालय प्रमुखले दिने् स्मरण गराएकी छन् । उनले लेखेकी छन्, ‘मातहत कर्मचारीलाई जिम्मेवारी, अख्तियारी आफूमाथिको हाकिमले दिने हो, आयोगले होइन ।’
महिला आयोग स्रोतका अनुसार आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले आफूले प्रवक्ता बन्न मरिहत्ये गरेर पनि प्रवक्ता बन्न नपाएपछि फेसबुक पेजमा कर्मचारीसँग भिडेकी हुन् ।
उनले आयोगका सचिव कमलबहादुर राजलवटलाई सम्बोधन गर्दै गत असार २५ गते आयोगको असार २७ गते बस्ने पदाधिकारी बैठकमा विभिन्न आठ वटा एजेण्डा थप गर्न पत्राचार गरेकी थिइन् । अरु विभिन्न एजेण्डासँगै सातौं थप गर्नुपर्ने उनको एजेण्डा थियो, ‘पदाधिकारीबाट नै प्रवक्ता राख्ने सम्बन्धमा ।’
पदाधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय भएपछि उनी आफैंले उक्त जिम्मेवारी लिने र मिडियामा प्रचारबाची र जे पायो त्यही बोल्ने उनको योजना थियो । उनको उक्त योजनाअनुसार बैठकमा एजेण्डा प्रवेश नभएपछि र आफ्नो पक्षमा निर्णय नभएपछि उनी भौतारिँदै आयोगको सामाजिक सञ्चाल फेसबुक पेजमा जुहारी खेल्न आइपुगेकी हुन् ।
Yo mahila aayog le desh kai sabai mahila haru ko beizzat garyo. Aba ta aati bhayo. Aba esto din aauchha jab yehako sabai karmachari le samuhik saruwa magchhan. Yeha ahile pani kohi saruwa bhayera jana mandainan. Yi sadsya haru aaye pachhi ka sabai sachib haru jhandai bahulayera niskeka chhan aayog bata. Kehi gara sarkar. Yini harule pad ko maryada rakhna sakena.