प्रस्तावित विद्यालय शिक्षा ऐनविरुद्धको आन्दोलनमा मधेशका शिक्षामन्त्रीको साथ – Nepal Press

प्रस्तावित विद्यालय शिक्षा ऐनविरुद्धको आन्दोलनमा मधेशका शिक्षामन्त्रीको साथ

जनकपुरधाम । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’को विरुद्ध आन्दोलन गरिरहेका शिक्षकहरुलाई मधेशका शिक्षा तथा सामाजिक कल्याणमन्त्री महेश यादवले आफ्नो साथ रहेको बताएका छन् ।

प्रदेशभरका शिक्षकहरुले आज जनकपुरधामस्थित मधेश भवन पुगेर प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’ परिमार्जन गर्नुपर्ने भन्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाए । तीन घण्टा धर्नासमेत बसेका शिक्षकहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले आन्दोलनमा आफ्नो साथ र समर्थन रहने बताए ।

उनले शिक्षा ऐन जनमुखी हुनुपर्ने बताए । ‘तपाईंहरु विश्वस्त हुनुस् । तपाईंहरुको धारणालाई समेटेर अगाडि बढ्छौं । तपाईंहरुले पनि आफ्नो भूमिका र दायित्व इमानदारीका साथ निर्वाह गर्नुहोला’, मन्त्री यादवले भने ।

शिक्षा क्षेत्रमा माफियाको ताण्डव रहेको भन्दै त्यसलाई तोड्न शिक्षकहरुसँग मन्त्री यादवले आग्रहसमेत गरे ।

प्रस्तावित विद्यालय शिक्षा ऐन विगतमा भएको ३०बुँदे र ५१ बुँदे सहमतिविपरीत आएको र त्यसमा २०७५ साल तथा त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने मागसमेत नसमेटिएकाले आफूहरु आन्दोलनमा उत्रिएको शिक्षकहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *