सुन तस्करीको आरोपमा थप दुई चिनियाँ पक्राउ
काठमाडौं । सुन तस्करीको अभियोगमा प्रहरीले थप दुई चिनियाँलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई गएराति पक्राउ गरेको हो ।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको छ । उनीहरूको नाम सार्वजनिक गरेको छैन । दुवैजनालाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साउन ३१ गते पनि ब्युरोको टोलीले चार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि अवैध सुन ओसारपसार तथा संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको छ । सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्यान २३ जना पुगेको प्रवक्ता कडायतले बताए ।