नेपालीले गत वर्ष घुमेरै सिध्याए करिब साढे १ खर्ब – Nepal Press

नेपालीले गत वर्ष घुमेरै सिध्याए करिब साढे १ खर्ब

काठमाडौं । गत वर्ष भ्रमण खर्चमात्र १ खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ भएको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय (खर्च) ४८.४ प्रतिशतले वृद्धि भएको हो । यसमध्ये शिक्षातर्फको खर्च १ खर्ब ४२ करोड रहेको छ ।

अघिल्लो वर्ष भ्रमण खर्च ९७ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको खर्च ६७ अर्ब ७० करोड रहेको थियो ।

गत वर्ष भ्रमण आय (आम्दानी) भने ८९.६ प्रतिशतले वृद्धि भई ६१ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३२ अर्ब ४५ करोड रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *