एक वर्षमा विद्युतीय माध्यमबाट ५७८ खर्ब ६८ अर्ब रुपैयाँको कारोबार
नेपाल प्रेस
२०८० भदौ १ गते १४:०७
काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा विद्युतीय माध्यमबाट ५७८ खर्ब ६८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को असार महिनामा मात्रै ९ करोड ३० लाख १९ हजार ४३४ पटक विद्युतीय माध्यमबाट ५० खर्ब ११ अर्ब ४३ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ ।
गत वर्षको सोही अवधिमा ७ करोड ९ लाख ५० हजार ५४९ पटक विद्युतीय प्रणालीबाट ६२ खर्ब २७ अर्ब ६४ करोड ८ लाख रुपैयाँको कारोबार भएको थियो ।
गत वर्षको तुलनामा कारोबार संख्या २ करोड २० लाखले बढेको छ । कारोबार रकम भने १२ खर्ब १६ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर