कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा
नेपाल प्रेस
२०८० भदौ १ गते १५:३८
सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस तथा साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारमा सार्वजनिक बिदा दिइने भएको हो ।
मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै भदौ ४ गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरुमा सार्वजनिक बिदा दिइने निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीले जानकारी दिइन् ।
प्रतिक्रिया