विश्वासको मतका लागि कोशीमा राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर ! – Nepal Press

विश्वासको मतका लागि कोशीमा राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर !

काठमाडौं । कोशी प्रदेश सभामा निर्णायक शक्ति बनेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गठबन्धन सरकारले विश्वासको मत लिनुअघि सांसद खरिदको प्रयास भएको खुलासा गरेका छन् ।

लिङदेनले आफ्नो आधिकारिक फेसबुक पेज र ट्वीटरमार्फत प्रदेश सभा सदस्यलाई मन्त्री र १० करोड रुपैयाँको प्रस्ताव गरेको दावी गरेका छन् ।

अध्यक्ष लिङदेनले कुन पार्टीका सांसदलाई भनेर उल्लेख नगरे पनि राप्रपाका सांसदलाई मन्त्री बनाइदिने वा १० करोड रुपैया दिने प्रस्ताव आएको निकट स्रोतले जनाएको छ ।

राप्रपाले मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत नदिने भएपछि सांसद खरिद गर्न खोजिएकाले सांकेतिक रुपमा उनले यो खुलासा गरेको राप्रपा स्रोतले जनाएको छ ।

मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने कार्यक्रम छ । गठबन्धनसँग ४७ सीटको बहुमत भए पनि उपसभामुख एमालेको भएकाले उनी अनुपस्थित भएमा वा राजीनामा दिएमा र अन्य पार्टीका जेष्ठ सदस्य पनि अनुपस्थित भएमा सभाको अध्यक्षता सत्तापक्षका सांसदले गर्नासाथ बहुमत पाउने छैनन् ।

राप्रपाले कोशीमा मात्र सत्ता साझेदारी नगर्ने भन्दै विश्वासको मत नदिने बताइसकेको छ ।


प्रतिक्रिया

One thought on “विश्वासको मतका लागि कोशीमा राप्रपाका सांसदलाई मन्त्री र १० करोडको अफर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर