‘शहर सबैका लागि कि धनीका लागि मात्र ?’ भन्दै महानगरविरुद्ध प्रदर्शन (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा काठमाडौं महानगरविरुद्ध विरोध प्रदर्शन गरिएको छ । महानगरले साइकल—गाडा—परम्परागत सडक मजदुर उद्यमीका लागि सम्मानजनक वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।
गरिबको चमेली बोल्दिने कोही छ र ? नाम दिइएको प्रदर्शनमा सहभागीहरूले ‘गरी खान देऊ’, ‘गरिब होइन गरिबी हटाऊ’, ‘शहर सबैका लाग कि धनीका लागि मात्रै ?’, भन्दै प्रश्न गरेका छन् ।
यस्तै, ‘मानवता, समानुभूति र जबाफदेहिता नभएको युवा नेतृत्व कसरी फरक भयो ?’, ‘हिजो गरिबको गीत गाउने मान्छे आज किन बन्ठे भयौँ ? हाम्रो चिनारी क्रूरता कि करुणा ?’ लगायतका प्लेकार्ड बोक्दै प्रदर्शन गरेका हुन् ।