साउनमा बढ्यो घरजग्गा कारोबार – Nepal Press

साउनमा बढ्यो घरजग्गा कारोबार

काठमाडौ । चालू आर्थिक वर्षको सुरू महिना साउनमा घरजग्गाको कारोबार बढेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार साउनमा ३९ हजार २ सय ६३ घरजग्गा किनबेच भएको हो । गत वर्षको साउनमा ३३ हजार ८ सय ३४ घरजग्गाको किनबेच भएको थियो । यस आधारमा पनि गत वर्षको तुलनामा घरजग्गा कारोबार बढेको हो ।

कारोबार बढेसँगै राजस्व पनि बढेको छ । साउनमा मात्रै २ अर्ब ९१ करोड ४ लाख २७ हजार १ सय ९६ रूपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । गत वर्षको यसै अवधिमा २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७ रूपैयाँ राजस्व संकलन गरेको थियो ।

कारोबार बढेसँगै कित्ताकाट पनि बढेको छ । साउनमा ३५ हजार २ सय ९१ जग्गाको कित्ताकाट भएर ७७ हजार ६८ कित्ता कायम भएको छ । सरकारले हालैमात्र भू-उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खोलेको छ । यो नियमावली राजपत्रमा समेत प्रकाशित भइसकेकाले घरजग्गा कारोबार अझै बढ्ने व्यवसायीहरूले बताएका छन् ।

घरजग्गा कारोबारमा मन्दी आउँदा राजस्व प्रभावित बनेको र तयसले अर्थतन्त्रमा प्रभाव परेको निष्कर्षसहित सरकारले नियमावली संशोधन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर