प्रस्तावित प्रधानन्यायाधीशको वाचा- मेरो कार्ययोजना लागू गर्न सके छिटो छरितो न्याय सम्पादन हुन्छ – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीशको वाचा- मेरो कार्ययोजना लागू गर्न सके छिटो छरितो न्याय सम्पादन हुन्छ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले छिटो छरिता न्याय सम्पादन गर्नु नै आफ्नो प्राथमिकता भएको बताएका छन् । संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइको क्रममा सांसदहरूको सवालको जवाफ दिँदै उनले आफूले प्रस्ताव गरेको कार्ययोजना कार्यान्यवनमा लान सके छिटो सेवा दिन सक्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘जिल्ला अदालतहरुमा केही अदालतमा बाहेक पूरा मुद्दा बाँकी छैनन् । एक वर्षमा ३५ मुद्दा टुंग्यायौं । अहिले चार हजार चानचुन पाँच वर्ष नाघेका मुद्दा छन् । यहाँ प्रस्तुत भएको कार्ययोजना पारित भएमा यो कार्ययोजनालाई व्यवाहारिकरूपमा कार्यान्वयन गर्न र लागू गर्न कोसिस गर्छु । पुरानो मुद्दा टुंग्याएर छिटो छरितो न्याय दिनु नै मेरो प्राथमिकता हो ।’

उनले मुद्दाको प्राथमिता हेरेर योजनाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर