माधव नेपालको ब्रिफिङ- विभाजनकाे औचित्य पुष्टि भइसक्यो, ओलीले अझै संसद र संविधानमाथि धावा बोल्दैछन् – Nepal Press

माधव नेपालको ब्रिफिङ- विभाजनकाे औचित्य पुष्टि भइसक्यो, ओलीले अझै संसद र संविधानमाथि धावा बोल्दैछन्

‘विद्रोह नगरेको भए हाम्रो विचार समूहमा रहेकाहरुमाथि ओलीले चरम दमन र अत्याचार गरिरहन्थे’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भइसकेको दाबी गरेका छन् । पार्टी पोलिटब्यूरो समितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले विद्रोह गरेर संविधान, संघीयता र संसदको रक्षा गरेको बताए ।

अध्यक्ष नेपालको भनाई उदृत गर्दै उपमहासचिव जगान्नाथ खतिवडाले भने, ‘हामीले विद्रोह नगरेको भए संविधान, संघीयता र संसद तत्कालीन सर्वसत्ताबादको नेतृत्व गरिरहेका ओलीले समाप्त गरिसक्थे । हाम्रो विचार समूहमा रहेकाहरुमाथि चरम दमन र अत्याचार गर्नुहुनुहुन्थ्यो । हामीले गरेको विद्रोह औचित्वपूर्ण छ ।’

उनले अहिले पनि संसद र संविधानमाथि धावा बोल्दै हिँडेको बताए ।

उनले भने, ‘आज पनि अग्रगमनलाई जोगाउन हाम्रो भूमिका महत्वपूर्ण देखिएको छ । हामीले आफ्नो भूमिका जिम्मेवार ढंगबाट गर्नुपर्छ । आफ्नो कर्तव्यलाई पूरा नगरी आलोचना गर्नुहुँदैन । त्यसैले पार्टी एकढिक्का भएर अगाडि बढाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर