समुद्री तटमा अरुणिमाको बर्थडे सेलिब्रेसन, बिकिनी लगाएर काटिन् केक
काठमाडाैं । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले यसपाली आफ्नो जन्मदिन फरक तरिकाले मनाइन् । घुमघामका लागि मेरिल्यान्डको ओसियन सिटी पुगेकी उनले त्यहाँको समुद्री तटमा बर्थ डे सेलिब्रेसन गरेकी हुन् ।
अरुणिमाको सेलिब्रेसन यसकारण विशेष बन्यो कि उनले अमेरिकामा पहिलोपटक बिकिनी लगाएकी थिइन् । आमा, छोरीहरु र केही साथीहरुको बीचमा उनले सी बीचमा केक काटिन् । यसको चाँजोपाँजो चाहीँ अर्की अभिनेत्री ऋचा शर्माले मिलाएकी थिइन् ।
आफ्नै नामबाट युट्यूव च्यानल चलाइरेहकी ऋचा ‘कन्टेन्ट क्रियसन’ गर्न खप्पिस छिन् । उनले ‘बिकिनीमै अरुणिमाले काटिन् केक’ भन्दै भिडिओ पोस्ट गर्न भ्याइसकेकी छन् । भिडिओमा अरुणिमाले आफ्नो बिकिनी अनुभव पनि सुनाएकी छन् ।
अरुणिमाका अनुसार उनले एकपटक नेपालमा फिल्म सुटिङका क्रममा बिकिनी लगाएकी थिइन् । तर, त्यो यस्तो ह्वाङ्ग थिएन ।
‘धड्कन चलचित्रको सुटिङ गोवामा गर्ने भनेर विकिनी समेत रेडी गरिएको थियो । पछि नारायणघाटतिरै सुटिङ भयो । पहिलोपटक त्यही सुटिङमा बिकिनी लगाएको हो । तर, त्यो यस्तो चाहीँ थिएन, तलपट्टि बान्ने थियो । यसरी टु पिस मात्र लगाएको चाहीँ पहिलोपटक हो,’ उनले भनिन् ।
अहिले अलिकति तौल बढे पनि आफूलाई असहज महसुस नभएको उनले बताइन् ।‘अमेरिकामा अरुले लगाएको लुगामाथि कसैले पनि टिकाटिप्पणी गर्दैन । जे लगाए पनि मुख्य कुरा आफूलाई कम्फर्टेबल हुन पर्यो । राम्ररी क्यारी गर्न सक्नुपर्यो,’ उनले भनिन् ।
भिडिओमा अरुणिमाको तुलनामा ऋचा निकै मोटी देखिएकी छन् । उनले वक्षस्थल खुलेको पहिरन लगाएकी थिइन् । ऋचा र अरुणिमाले समुद्रीतटमा खुबै मस्ती गरेका थिए ।
बर्थ डे सेलिब्रेसनमा अरुणिमाकी आमा र छोरीसमेत सहभागी थिए । श्रीमानसँग भने उनको डिभोर्स भइसकेको छ । सोही साँझ अभिनेता दिलिप रायमाझीकी पत्नी दिया रायमाझीको पनि बर्थ डे सेलिब्रेसन गरिएको थियो ।