माधव नेपालको नजरमा एमाले र नेकपा एसबीच ७ बुँदे फरक (सूचीसहित) – Nepal Press

माधव नेपालको नजरमा एमाले र नेकपा एसबीच ७ बुँदे फरक (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

बैठकमा पेश गरेको प्रतिवेदनमा आफूहरुले एमालेबाट विद्रोह गर्नुको औचित्य भइसकेको दाबी गर्दै एमालेभन्दा फरक देखाउने प्रयास गरेका छन्।

अध्यक्ष नेपालको प्रतिवेदनमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलनको हिसावले हेर्दा हामीले तत्कालीन नेकपा (एमाले) को नेतृत्व गुटमा देखापरेको दक्षिणपन्थी बिसर्जनवादका विरुद्ध विद्रोह गरेका थियौँ । त्यस दक्षिणपन्थी विसर्जनवादी गुटसँग हाम्रा थुप्रै भिन्नताहरू छन्‌ ।’

१. हामी २०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिमार्फत सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना भएपछि नेपाली जनवादी कान्ति आधारभूत रूपमा सम्पन्न भएको मान्दछौ, भने एमाले यो मान्दैन

२. हामी वर्तमान नेपाली समाज आधारभूत रूपमा पूजीवादी चरित्रको छ भन्छौँ भने एमाले यो मान्दैन

३. हामी अब हुने नेपाली क्रान्तिलाई समाजवादी क्रान्ति भन्छौँ भने एमाले यो मान्दैन

४. हामी माक्सवाद-लेनिनवादलाई मात्र मार्गदर्शक सिदान्त मान्छौँ भने एमाले जनताको बहुदलीय जनवादलाई समेत मार्गदर्शक सिदान्त मान्दछ

५. हामी समाजवादी क्रान्तिको कार्यक्रम अँगालेर अर्गाड बढ्ने भन्छौं भने एमाले यो मान्दैन

६. हामी समाजवादी कार्यदिशा अँगाल्ने भन्छौँ भने एमाले यो मान्दैन

७. हामी प्रतिगामी पुनरुत्यानवादी तत्वहरूका विरुद्ध प्रहार केन्द्रित गर्ने भन्छौँ भने एमाले त्यस्ता तत्वसँग सहकार्य गर्न चाहन्छ।

यी मूलभूत सवालहरूमा हाम्रो पार्टी र एमालेबिच भिन्नता रहेको हुनाले पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भइसकेको उल्लेख गरेका छन्। तर, आफूहरुले विद्रोह गर्दा कम्युनिष्ट आन्दोलनको पुर्नगठन र रुपान्तरण गर्ने भनिएपनि त्यो काम पूरा हुन नसकेको उल्लेख छ।

ओलीले मुलुकलाई प्रतिगमनको भूमरीमा धकेल्ने दक्षिणपन्थी विसर्जनवादकाविरुद्ध आफूहरुले व्रिदोह गर्न बाध्य भएको उल्लेख गरेका छन्।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने, प्रतिनिधि सभालाई बचाएर पूर्ण कार्यकाल काम गर्न दिने र संविधानलाई क्रियाशिल बनाउँने आफ्नो पार्टीको मुख्य जिम्मेवारी भएकाले त्यसमा सफल भएको दाबी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर