औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा १० जनाको आवेदन
नेपाल प्रेस
२०८० भदौ ५ गते १३:४३
काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्षमा १० जनाले आवेदन दिएका छन् ।
खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट छनोट गर्न कम्पनीले साउन २५ गते आवेदन मागेको थियो । सो सूचनाअनुसार हालसम्म १० जनाले रितपूर्वक निवेदन दिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।
औद्योगिक विकास गर्न उद्योगहरुलाई आवश्यक पर्ने आधारभूत पूर्वाधारहरु जमिन, औद्योगिक भवन, सडक, विद्युत, पानी, ढल तथा अन्य सुविधाहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले वि.सं २०१६ सालमा बालाजु औद्योगिक क्षेत्रको शिलान्यास गरी नेपाल र अमेरिकी सरकारको सहयोगमा औद्योगिक क्षेत्र स्थापनाको सुरु गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर