वडाध्यक्षलाई गाउँपालिकाको कार्यवाहक अध्यक्ष दिने हुकुमसिंहको निर्णयमा अदालतको अंकुश
विराटनगर । झापाको कमल गाउँपालिकामा वडा अध्यक्षलाई कार्यवाहक दिएर विदेश हिँडेका अध्यक्ष हुकुमसिंह राईको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।
राईले वडा अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेपछि विवाद अदालत पुगेको थियो । गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यवाहक अध्यक्ष दिनुपर्नेमा राईले वडाध्यक्षलाई दिएका थिए ।
न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले मंगलबार गाउँपालिका अध्यक्षको उक्त निर्णय कार्यान्वयन नगर्न भनेको हो । यो आदेशसँगै उपाध्यक्ष न्यौपानेले स्वतः कार्यवाहक पाएकी छन् ।
नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्य तथा नगरसभा सदस्यले स्थानीय सरकार सञ्चालन ऐनमै अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहाक दिनुपर्ने कानूनी व्यवस्थाको गाउँपालिका अध्यक्षले उल्लंघन गरेको बताएका छन् ।
एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिले अध्यक्षले कानूनी प्रावधानविपरीत गरिएको यो कदमले सहमति सहकार्यको वातावरणमा समस्या आउने चेतावनी दिएका छन् ।
अध्यक्ष राई नेपाली कांग्रेसबाट निर्वाचित हुन भने उपाध्यक्षगाउँपालिकाका ७ वटा वडामध्ये नेकपा एमालेले उपाध्यक्षसहित ४ वडा जितेको छ । कार्यपालिकामा पनि एमालेको एकल बहुमत छ । अध्यक्षले ऐनविपरीत कार्यवाहक दिएपछि अब गाउँपालिका सञ्चालनमा असहज अवस्था आउने चेतावनी एमालेले दिएको छ । उपाध्यक्षसहित गाउँपालिकामा बहुमत एमालेबाट निर्वाचित छन् ।
यसैबीच गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले पनि ७५३ वटै स्थानीय तहमा संयुक्त सर्कुलर जारी गर्दै सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भए उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने कानूनी व्यवस्था सम्झाएको छ ।
यस्तो छ अदालतको आदेश :
हेर्नुस् गाउँपालिका गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले जारी गरेको सर्कुलर