बागमती प्रदेशसभाको बैठक भदौ १७ गते बोलाउन सिफारिस, यी हुन् मन्त्रिपरिषद्का १२ निर्णय – Nepal Press

बागमती प्रदेशसभाको बैठक भदौ १७ गते बोलाउन सिफारिस, यी हुन् मन्त्रिपरिषद्का १२ निर्णय

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बैठक यही भदौ १७ गते आव्हान गर्ने निर्णय गरेको छ ।

आज मंगलबार बसेको बैठकले प्रदेश सभाको बैठक भदौ १७ गते १ बजे आव्हान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । प्रदेश सभाको बैठक गत असार गते अर्को सूचना नआउञ्जेल सम्मका स्थगित भएको थियो ।

करिब डेढ महिना बित्दा पनि प्रदेश सरकारले प्रदेश सभाको बैठक नबोलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सता अघि पत्रकार सम्मेलननै गरेर प्रदेश सभा बैठक बोलाउन माग गरेको थियो ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू

१ प्रदेश सभाको बैठक भदौ १७ गते १ बजे आव्हान गर्ने निर्णय ।

२ उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारलाई दिने ।

३ बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०८० स्वीकृत गर्ने सम्बन्धमा (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय)

४ “प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८०” स्वीकृत सम्बन्धमा (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय)

५ सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि नेपाल सरकारमा पठाउने । (मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय)

६ प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको बिधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति सम्बन्धमा (आन्तरिक मामिला तथा कानून मन्त्रालय)

७ “प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक” प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धमा (स्वास्थ्य मन्त्रालय)

८ “ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्वार सेवा सम्बन्धी कार्यविधि, २०८०” स्वीकृति सम्बन्धमा (स्वास्थ्य मन्त्रालय)

९ प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने (पर्यटन उद्योग तथा सहकारी मन्त्रालय)

१० प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान सम्बन्धमा (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

११ प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि स्वीकृत (आन्तरिक मामिला तथा कानून मन्त्रालय)

१२ विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृति दिने । (सामाजिक विकास मन्त्रालय)

अब मन्त्रालयको नामावली निम्न १२ रहनेछन्

१ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

२ आन्तरिक मामिला तथा कानून मन्त्रालय

३ आर्थिक मामिला तथा योजना मन्त्रालय

४ उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय ( मकृष्ण चित्रकार)

५ कृषि तथा पशुपन्छी विकास मन्त्रालय

६ खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय

७ संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय

८ भौतिक पूर्वाधार विकास मन्त्रालय्

९ वन तथा वातावरण मन्त्रालय

१० श्रम, रोजगार तथा यातायात मन्त्रालय

११ सामाजिक विकास मन्त्रालय

१२ स्वास्थ्य मन्त्रालय

 

प्रवक्ता

गंगानारायण श्रेष्ठ

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर