नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिपक्षलाई फसाउने उद्देश्यले अनुसन्धान सुरु गरियो : शंकर पोखरेल – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिपक्षलाई फसाउने उद्देश्यले अनुसन्धान सुरु गरियो : शंकर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी मुद्दामा प्रतिपक्षलाई फसाउने ध्येयले अनुसन्धान शुरु भएको आरोप लगाएका छन् ।

बुधवार सुर्खेत पुगेका पोखरेलले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरिएको बताए ।

उनले भने, ‘सक्कली प्रतिवेदन भेटिएपछि यो सेलायो तर बाहिर नेताहरूको भेट भयो । सरकारले नक्कली प्रतिवेदनका आधारमा भ्रम सृजना गर्यो ।’

ललिता निवास प्रकरणमा मुख्य अभियुक्तहरूलाई छुट दिन रायका आधारमा अनुसन्धान गर्ने नाटक गरिएको आरोप पनि उनले लगाए ।

उनले पशुपतिको जलहरीका विषयमा सांसदहरूले छुट बोलेको कुरा प्रमाणित भइसकेको उल्लेख गर्दै भने, ‘रोष्टममा उभिएर पशुपतिको जलहरीका विषयमा सम्बोधन गर्ने काम भयो । सरकारले अनुदान मात्र ३० करोड दिएको हो । खर्च अर्बौँ भएको छ । जुन पशुपति विकास कोषबाट भएको थियो । रोष्टमबाट सुन पित्तल हो भनियो । तर पछि बिस्तारै सुनको अवैध कारोबार सरकारबाटै हुँदो रहेछ भन्ने धन्दा बाहिर आयो । धार्मिक आस्था भएको स्थानको सुनको जलहरी निकासले जोख्ने काम गरियो । सांसद कति झुट रहेछन् भन्ने कुराको प्रमाणित भयो ।

उनले हङकङबाट पानी तान्ने पम्प र ब्रेक सुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेको बताए ।

पोखरेलले पछिल्लो समय नेताहरू शहरमुखी हुने गरेको बताए । केपी ओली सरकारको नेतृत्वमा हुँदा सामान्यीकरणको अनुदानमा कर्णालीलाई सबैभन्दा बढी प्रदान गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर