हेराल्ड कलेजमा ‘फ्युचरामा २०२३’ – Nepal Press

हेराल्ड कलेजमा ‘फ्युचरामा २०२३’

काठमाडौं । हेराल्ड कलेज काठमाडौंले ‘फ्युचरामा २०२३’ दुई दिने प्राविधिक कार्यक्रमको सञ्चालन गरेको छ । कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा दुई दिने प्राविधिक कार्याक्रमको आयोजना गरेको हो ।

आइतबार देखि सुरु भएको कार्यक्रमा सूचना प्रविधि क्षेत्रमा सम्भावित भविष्यका उद्यमीहरूका लागि प्रतिस्पर्धात्मक वातावरण बनाउन, आईएनजी स्किल एकेडेमीले विभिन्न पृष्ठभूमिका विद्यार्थीहरुका लागि विशेष आयोजना गरिएको कलेजले जनाएको छ ।

कार्यक्रममा सहभागीले आईटी र दिगो व्यवसायको अत्याधुनिक क्षेत्रहरू अन्वेषण, दिगो व्यापार र सूचना प्रविधिमा सबैभन्दा भर्खरको घटनाक्रमहरू अन्वेषण गर्ने मौका, विद्यार्थीहरू र युवा पेशेवरहरूद्वारा सिर्जना गरिएका अत्याधुनिक आई टी परियोजनाहरूसँग अन्तर्क्रिरया गर्ने मौका पाएका थिए ।

त्यस्तै, इन्टरनेट अफ थिंग्स, मल्टिमिडिया, आर्टिफिशियल इन्टेलिजेन्स, साइबर सुरक्षा, र कसरी प्रविधिहरू व्यापार, आतिथ्य, र पर्यटन सहित अन्य क्षेत्रहरूमा प्रयोग गरिन्छ भन्नेबारे सिकाई भएको कलेजले जनाएको छ ।

त्यसैगरी, एआई र रोबोटिक्स, आपतकालीन सूचना प्रणाली, वाकिङ पियानो, मिडी ड्रम कन्ट्रोलर र गो कार्ट ट्र्याक जस्ता चमत्कारहरू ल्याए। ३० औं शताब्दीको रमाईलो कार रेस, एनिमेसन र ख्ँह् को मनमोहक क्षेत्र, रिमोट कन्ट्रोलर स्मार्ट डस्टबिन पर्दशनमा रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर